Skip to main content

Posts

नारायण ढकालको उपन्यास वृषभ वध को बारेमा टिप्पणी

नारायण ढकालको उपन्यास "वृषभ वध" बैशाख १२ मा आएको बिनासकारी भूकम्पका कारण विमोचन नै नगरिकन पुस्तकलाइ बजारमा बितरण शुरु गरिएको थियो । राजनीतिक उपन्यास लेख्ने  नारायण ढकालको यो उपन्यास "वृषभ वध" पनि राजनीतिक बिषयलाइ नै लिएर लेखिएको छ  । यो कथा करीब पचास वर्षअघि काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको हो । उपन्यासको केन्द्रमा एक किशोर, देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीय देखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफू अनुकुल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा वर्णन छ । राजनीतिक उपन्यास भए पनि "वृषभ वध" शैलिगत, संरचनागत हिसाबले पृथक छ ।  कथाकार, कवि अविनाश श्रेष्ठका अनुसार, ‘वृषभ वधमा नारायण ढकाल नयाँ अवतारका रुपमा आएका छन् ।’  यसअघि नारायण ढकालका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् ।  "वृषभ वध" को बारेमा संजिव पोखरेलको बिचार:  पूरा नपढेको पुस्तकको चर्चा गर्नु पनि जायज हुन्न भन्ने यहाँलाई...

खैलौना - राजेन्द्र थापाको उपन्यास समीक्षा

नेपली मोडल स्मिता थापाको अन्तरबार्तामा "मलाई लोग्ने होइन लोग्ने मानिस चाहिन्छ" भन्ने अभिव्यक्ति पढे पछि पत्रकार र लेखक राजेन्द्र थापाले 'खैलौना' उपन्यास लेखेका हुन । यो उपन्यास मोडल स्मिता थापा को जिबनी मा नै आधारित बनाएर 'युवा बयस्क' बर्गलाइ भनेर लेखिएको राजेन्द्र थापा बताउछन् । गितकार तथा कबि राजेन्द्र थापा द्वारा लिखित उपन्यास 'खेलौना'ले स्मिता थापाको मोडल जीबनको उतारचडावलाइ सटिक ढङ्गले शब्दमा उतारेलो छ। यो पुस्तकको भूमिकामा जगदिश घिमिरेले यसलाई क्रान्तिकारि 'डकुमेन्टरी उपन्यास' भनेर नामाकरण गरेका छन। उनी लेख्छन्, "यो एक फरक धारको यौन बिषयक उपन्यास हो। बिश्वका सबै भाषामा यौन आख्यान लोकप्रिय छन। तिनको मूल लक्ष्य हल्का-फुल्का मनोरन्जन हो। तर यस उपन्यासको बिषय मनोरन्जन होइन, यस उपन्यासका बिषय हुन - नेपाली समाजमा यौन प्रतिको बदलिँदो दृष्टिकोण, मुल्य, मान्यता र अभ्यासमा भएका क्रान्तिकारि परिबर्तनहरु।" जगदिश घिमिरेले भनेको जस्तै 'खेलौना'ले नेपाली समाजको परम्परागत शैलीको यौन सोचाइलाई स्मिता पात्र र लेखक इन्द्र पात्र मार्फत पठ...

जुकरबर्गको क्याफेमा एकैछिन

लेखिका - सुमन मञ्जरी भुकम्पका झड्काहरूले भूइँ कामेसँगै मन पनि हल्लिरहन्छ अचेल । बैशाख १२ र २९ पछिका लगातार कम्पनहरूले दैनिकी अस्तव्यस्त पारिरहेकै बेला अश्विनी कोइरालाको कथा सङ्ग्रह ‘जुकरबर्गको क्याफे’ बजारमा आयो रे भन्ने सुनेकी थिएँ । किताब ठ्याक्कै कुन दिनबाट बजारमा पठाइएको थियो त्यो जानकारी म सँग छैन।  मैले एक हप्ता अघि मात्र भोटाहिटीको किताब पसलमा देखे पछि किनेर ल्याएँ र किनेर ल्याएको यतिका दिन पछि मात्रै पढेँ । यतिका दिन पछि पढेँ भन्ने कुरा यसकारण महत्वपूर्ण छ कि सामान्यतः मैले जुनसुकै साहित्यिक कृति किनेर ल्याए पछि सोही दिन पढ्न थालेर आधा रात सम्मै भए पनि सक्नै पर्ने बानी थियो । यो भुकम्पले मानसिकतामा पारेको प्रभाव हो या म अल्छि भएर हो यसपाली 'जुकरबर्गको क्याफे' घर आइपुगेर पनि म सँग मुखामुख मात्रै गरेर बस्न सफल भएको थियो । भुकम्पका ससाना धक्काहरू पनि अब महशुस हुन छोडिसकेको यो बेलामा कसैले राती/बिहान/दिउँसको धक्का थाहा भयो त भनेर सोध्दा पनि, ‘ए ! हो र आएको थियो भूइँचालो मैले त थाहै पाइन’ भनी जवाफ दिन थालेको निकै दिन भइसकेको छ । आज बिहान ‘अब त भएन यो किताब पढ्नुपर्यो’ सोचे...

Adultery (novel) by Paulo Coelho

It is the sixteenth major book of Paulo Coelho, titled 'Adultery' is written in the core theme of adultery. The book was written in Coelho's native language, Portuguese and was released on April 10, 2014. The English edition is the book was published on August 19, 2014.

Pagal Basti review a by Anup KC

Fiction was never my cup of tea. But there are still few books that I cannot forget and stop praising it for its beauty. The Firm by John Grisham , Shogun by James Clavell , Master of the Game by Sidney Sheldon are the few of them which have immense impact on my reading; fiction. On my last visit to Nepal, I saw a book on the street and its titled पागल बस्ती. The name itself was appealing. I couldn’t resist myself from momentarily halting my walk and have a sneak peak on the book. I dropped it back after a few minutes of flicking over and walked away with a heavy heart without being able to decide if I should buy it or not; as I was unsure. Will I be able to finish it ?? or will my anger just take over my reading for not being able to comprehend. But the battle continued in my head. I wondered what made him choose such a title, and what could be the content of it. I have heard the rumours that this book reflects his life but he has denied this comment in media and hi...

पीडाअवतार – गोवर्धन पूजा

मन्तव्य - प्रा.डा. दुर्गाप्रसाद भण्डारी Download - https://itunes.apple.com/us/book/pidaavatara/id633171719?ls=1 गोवर्धन पूजाको आजसम्मको अन्तिम कविताहरूको सङ्ग्रह पढ्ने मौका पाएको करिब एक हप्ता भयो । उनले धेरै रचनाहरू प्रकाशित गरिसकेका रहेछन् । मैले त गोवर्धन कवि मात्र होलान् भनी ठानेको थिएँ । उनी त यो उमेरमा नै धेरै थोक भैसकेका रहेछन् : कवि, कथाकार, उपन्यासकार, गजलकार, नियात्राकार, मुक्तककार आदि । एक थोक मात्र भैदिएको भए मन्तव्य दिन मलाई सापेक्षतः सजिलो हुन्थ्यो । धेरै विधाका सर्जक भएका हुनाले उनको यो सङ्ग्रह बारे मन्तव्य दिन त्यति सजिलो प्रयास होला जस्तो लाग्दैन । उनका कविताहरू पढिसकेपछि म एक सत्यको सम्भावनाबारे भने सुनिश्चित छु : गोवर्धन पूजाका उपन्यास र कथाहरूमा पनि एक प्रकारको काव्यात्मक (लिरिकल) दृष्टिले आफ्ना कथानकहरूको उतारचढावको व्यवस्थापन गरेको होलान् अर्थात् बुद्धि पक्षभन्दा बढी हृदय पक्षको उपस्थिति त्यहाँ हुनुपर्छ । यो सङ्ग्रह पाठकको अनुभवको आधारमा मात्र उनका अरू विधाहरूको चर्चा गर्नु न्यायोचित हुँदैन । तर गोवर्धनको सिर्जना यात्रामा विचारभन्दा बढी भावनाको प्रधानता ह...

हरिबंशको किताब चिना हराएको मान्छे

हरिबंशको किताब चिना हराएको मान्छे अब संसारभरी पढ्न पाइने भएको छ ! अर्को जन्ममा म देवता हुन्छु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु तिमीहरुको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु मेरो मन्दिर घुम्न लगाउँछु , भजन कीर्तन गर्न लगाउँछु मेरा खुट्टा ढोग्न लगाउँछु, खुट्टा पखाली जल खुवाउँछु धूप, दीप बाल्न लगाउँछु, दान दक्षिणा गर्न लगा उँछु यति धेरै चाकरी गराउँछु, वर दिनुको साटो बरबाद गराउँछु। अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु तिमीहरूको पनि म प्रेशर बढाउँछु, मुटु चलाउन यन्त्र बनाउँछु पाठेघरमा ट्यूमर रोप्छु, पित्तको थैलीमा ढुङ्गा ठोक्छु एक एक दिनको हिसाब गर्छु, मृगौलामा पनि रोग थप्छु हे देवताहरू हो ! अर्को जन्ममा म देवता हुन्छु, तिमीहरूलाई म मान्छे बनाउँछु।। - हरिवंश आचार्य