Skip to main content

फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद

बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए ।

त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् ।
लामो समय देखि बजारमा आउने हल्ला भए पनि पहिले आशा गरिए भन्दा एक बर्ष भन्दा पछि मात्र यो उपन्यास बजारमा आउन लागेको हो । यस् अघि प्रकाशित बुद्धिसागरको उपन्यास "कर्णाली ब्लुज" धेरै पाठकहरुले मन पराएका थिए । "कर्णाली ब्लुज"को कभर फोटो पनि स्टक फोटो नै थियो ।

बुद्धिसागरको "फिरफिरे" पनि "कर्णाली ब्लुज" जस्तै सफल होस । शुभकामना !

Comments

  1. Sushmita Sharma
    Very nice article...looking forward more
    NEPALI FILM

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. हजुरको लेख एकदमै मन पर्‍यो र सन्देश पनि जानकारीमुलक लाग्यो । यस जानकारी को लागि हृदयदेखी नै धन्यबाद ।
    web hosting in nepal

    ReplyDelete

Post a Comment

Popular posts from this blog

जुकरबर्गको क्याफेमा एकैछिन

लेखिका - सुमन मञ्जरी भुकम्पका झड्काहरूले भूइँ कामेसँगै मन पनि हल्लिरहन्छ अचेल । बैशाख १२ र २९ पछिका लगातार कम्पनहरूले दैनिकी अस्तव्यस्त पारिरहेकै बेला अश्विनी कोइरालाको कथा सङ्ग्रह ‘जुकरबर्गको क्याफे’ बजारमा आयो रे भन्ने सुनेकी थिएँ । किताब ठ्याक्कै कुन दिनबाट बजारमा पठाइएको थियो त्यो जानकारी म सँग छैन।  मैले एक हप्ता अघि मात्र भोटाहिटीको किताब पसलमा देखे पछि किनेर ल्याएँ र किनेर ल्याएको यतिका दिन पछि मात्रै पढेँ । यतिका दिन पछि पढेँ भन्ने कुरा यसकारण महत्वपूर्ण छ कि सामान्यतः मैले जुनसुकै साहित्यिक कृति किनेर ल्याए पछि सोही दिन पढ्न थालेर आधा रात सम्मै भए पनि सक्नै पर्ने बानी थियो । यो भुकम्पले मानसिकतामा पारेको प्रभाव हो या म अल्छि भएर हो यसपाली 'जुकरबर्गको क्याफे' घर आइपुगेर पनि म सँग मुखामुख मात्रै गरेर बस्न सफल भएको थियो । भुकम्पका ससाना धक्काहरू पनि अब महशुस हुन छोडिसकेको यो बेलामा कसैले राती/बिहान/दिउँसको धक्का थाहा भयो त भनेर सोध्दा पनि, ‘ए ! हो र आएको थियो भूइँचालो मैले त थाहै पाइन’ भनी जवाफ दिन थालेको निकै दिन भइसकेको छ । आज बिहान ‘अब त भएन यो किताब पढ्नुपर्यो’ सोचे...

मिस्टिका रिभ्यु

कुमार नगरकोटीको पहिलो उपन्यास हो "मिस्टिका"। यो उपन्यास अरु उपन्यास भन्दा फरक छ । एउटा केन्द्रिया कथा वरिपरि घुम्ने उपन्यास मन पराउने पाठकलाइ यो उपन्यास मन नपर्न पनि सक्छ तर नकगरकोटीका पुराना पाठकलाई भने यो अल्छि नलाग्ने उपन्यास हो । तेसैले होला कतिपय समीक्षकहरुले यसलाइ एकदमै जेलिएको र बुझ्नै नसक्ने पनि भनेका छन । नगरकोटीमा शब्द चयन, वाक्य गठन र जटिल प्रसङ्गलाई पनि सजिलै सँग व्यक्त गर्ने सक्ने खुबी छ । उनको यो खुबीको प्रशंशकलाइ यिनै कुराको लागि "मिस्टिका" पढ्छन र रमाउछन । रु ५०० मूल्य राखिएको यस किताबको मूल्यको बारेमा पनि बिभिन्न टिकाटिप्प्णी गरिएका थिएअ । सुमन मञ्जरी ले "मिस्टिका"को बारेमा लेखेकि छिन: "मिस्टिका"मा जम्मा पाँच मुख्य शिर्षक रहेका छन् । ती पाँच मुख्य शिर्षक भित्र तेइस उप शिर्षक आएका छन् । यी सबै उप शिर्षकहरू आफैमा छुट्टै आख्यान जस्ता लाग्छन् । तर पनि आन्तरिक रुपमा वा अप्रत्यक्ष रुपमा मसिनो गरी यी आख्यानहरू एक अर्कोसँग आपसमा जेलिएका छन् । आपसमा जेलिएका घटनाहरू, जेलिएका र रहस्यमयी पात्र र तिनका रहस्यमयी कार्य, विचार अनि सोही अन...