Skip to main content

जुकरबर्गको क्याफेमा एकैछिन

लेखिका - सुमन मञ्जरी

भुकम्पका झड्काहरूले भूइँ कामेसँगै मन पनि हल्लिरहन्छ अचेल । बैशाख १२ र २९ पछिका लगातार कम्पनहरूले दैनिकी अस्तव्यस्त पारिरहेकै बेला अश्विनी कोइरालाको कथा सङ्ग्रह ‘जुकरबर्गको क्याफे’ बजारमा आयो रे भन्ने सुनेकी थिएँ । किताब ठ्याक्कै कुन दिनबाट बजारमा पठाइएको थियो त्यो जानकारी म सँग छैन।  मैले एक हप्ता अघि मात्र भोटाहिटीको किताब पसलमा देखे पछि किनेर ल्याएँ र किनेर ल्याएको यतिका दिन पछि मात्रै पढेँ । यतिका दिन पछि पढेँ भन्ने कुरा यसकारण महत्वपूर्ण छ कि सामान्यतः मैले जुनसुकै साहित्यिक कृति किनेर ल्याए पछि सोही दिन पढ्न थालेर आधा रात सम्मै भए पनि सक्नै पर्ने बानी थियो । यो भुकम्पले मानसिकतामा पारेको प्रभाव हो या म अल्छि भएर हो यसपाली 'जुकरबर्गको क्याफे' घर आइपुगेर पनि म सँग मुखामुख मात्रै गरेर बस्न सफल भएको थियो । भुकम्पका ससाना धक्काहरू पनि अब महशुस हुन छोडिसकेको यो बेलामा कसैले राती/बिहान/दिउँसको धक्का थाहा भयो त भनेर सोध्दा पनि, ‘ए ! हो र आएको थियो भूइँचालो मैले त थाहै पाइन’ भनी जवाफ दिन थालेको निकै दिन भइसकेको छ ।

आज बिहान ‘अब त भएन यो किताब पढ्नुपर्यो’ सोचेर उठाएँ 'जुकरबर्गको क्याफे'लाई एक हातमा र बसे अर्को हातमा आफैँले बनाएको कालो कफी साथी राखेर । ओल्टाई पल्टाई हेरेँ मुसुक्क मुस्कुरायो 'जुकरबर्गको क्याफे' मेरो माया पाएर । किताब पल्टाएँ कथा-क्रममा कथाहरू गने २४ वटा रहेछन् ।

मूलतः प्रेमलाई विषयवस्तु बनाई लेखिएका छोटा कथाहरू जुकरबर्गको क्याफेमा रहेका छन् ।  साप्ताहिक लगायतका पत्रपत्रिकामा पहिले अश्विनी कोइरालाका लेखाइ नपढेका पाठक पनि पहिलो कथा 'ईला मिसको पत्र' पढिसक्दा नसक्दै पाठक उनको लेखाइ प्रति आकर्षित भइसक्छ । तर, कथाक्रम अगाडि बढ्दै जाँदा पछिल्लो क्रमका कथाहरू पहिलो कथाको उच्च प्रभाव टिकाइराख्न भने कठिन नै छ । कुनै कुनै कथालाई कथा भन्दा अनुभव/अनुभूति वा स्मरणात्मक लेख भन्दा राम्रा लाग्छन् तर पढ्दा बोर भने ती पनि छैनन। 'सन्नी लियोन', 'असल खराब', 'म्याक्सीवाली' जस्ता केही कथाहरू वास्तविक जीवन भन्दा बढी फ्यान्ट्यासीका निकट देखिन्छन् । 'युवकको प्रेममा' भन्ने छोटो कथा सुरुवातमा निकै हास्यात्मक तरिकाले थालिएको भए पनि यसको अन्त्य भने गम्भीर किसिमबाट भएको छ ।

हरेक व्यक्तिसँग कम्तीमा पनि एउटा (कसैसगँ दुइ/तिनवटा पनि होलान्) स्मार्टफोन रहेको आजको नेपाली समाजका युवा पुस्ता र इन्टरनेटको सहजताका कारण सामाजिक सन्जालबाटै कतिपय प्रेम सम्बन्धहरूको स्थापना भएका यावत उदाहरणहरू हाम्रा सामू आइरहेकै छन् । कथाकार अश्विनीले पनि ती विषयवस्तुलाई पक्कै छुटाएका छैनन् । सामाजिक सन्जाल हुँदै स्थापित हुने सम्बन्धहरू, पुराना सम्बन्धहरूलको नवीकरण र हालखबर सोधनीको माध्यमका रूपमा प्रयोग हुने फेसबुकको उल्लेख गरेका छन् । किताबको नाम नै फेसबुकका निर्माता मार्क जुकरबर्गको नामबाट राखेकैबाट पाठकले फेसबुकका किस्साको आशा कथा पढ्नु भन्दा पहिलै गर्न सक्छन् । युवा मनोविज्ञान, प्रेम, विवाह, यौनजस्ता विषयवस्तुलाई मूल रुपमा स्वीकार गरिएकैले पनि यस कथा सङ्ग्रहले युवा पिँढीका पाठकको अपेक्षा राख्छ । प्रेमका मामिलामा पनि अझ महिला पात्रहरूको उपस्थिती ज्यादा छ । समग्रमा भन्दा प्रेमको केन्द्रियतामा रही जटिल युवा मनिविज्ञान, प्रेम प्राप्तीको सुन्दर संसार र प्रेम त्याग(बिछोड) पछिको निस्सार मानसिकतालाई कथाले केलाउन सफल भएको छ । भूकम्पका धक्काहरूको ह्याङओभरबाट केही हदसम्म राहत दिन किताब सक्षम छ ।

पुनश्चः यसलाई किताब पढेपछि मेरो मनमा उठेका व्यक्तिगत भावहरू/अनुभवका रूपमा मात्र बुझ्नु जरूरी छ । :)

Comments

Post a Comment

Popular posts from this blog

फिरफिरे, बुद्धिसागरको नयाँ उपन्यास बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद

बुद्धिसागरको नयाँ उपन्यास "फिरफिरे" बजारमा आउने तयारी गर्दा कभर फोटो बिवाद शुरु भएको छ । स्टक फोटोलाइ कभरमा राख्दा चोरिको भएको वा प्रयोगको लागि पुर्ण अधिकार नभएको अनलाइन सोसल मिडियहरुमा शंका गरिएका थिए । त्यस्ता शंकाहरुको जवाफमा बुद्धिसागरले कसैले मुद्धा हालिदिएमा सृजनात्मक चोरीमा धेरै फाइन तिर्नु पर्ने हुनाले आफुले त्यस्तो जोखिम नउठाउने बताएका छन् । लामो समय देखि बजारमा आउने हल्ला भए पनि पहिले आशा गरिए भन्दा एक बर्ष भन्दा पछि मात्र यो उपन्यास बजारमा आउन लागेको हो । यस् अघि प्रकाशित बुद्धिसागरको उपन्यास "कर्णाली ब्लुज" धेरै पाठकहरुले मन पराएका थिए । "कर्णाली ब्लुज"को कभर फोटो पनि स्टक फोटो नै थियो । बुद्धिसागरको "फिरफिरे" पनि "कर्णाली ब्लुज" जस्तै सफल होस । शुभकामना !

मिस्टिका रिभ्यु

कुमार नगरकोटीको पहिलो उपन्यास हो "मिस्टिका"। यो उपन्यास अरु उपन्यास भन्दा फरक छ । एउटा केन्द्रिया कथा वरिपरि घुम्ने उपन्यास मन पराउने पाठकलाइ यो उपन्यास मन नपर्न पनि सक्छ तर नकगरकोटीका पुराना पाठकलाई भने यो अल्छि नलाग्ने उपन्यास हो । तेसैले होला कतिपय समीक्षकहरुले यसलाइ एकदमै जेलिएको र बुझ्नै नसक्ने पनि भनेका छन । नगरकोटीमा शब्द चयन, वाक्य गठन र जटिल प्रसङ्गलाई पनि सजिलै सँग व्यक्त गर्ने सक्ने खुबी छ । उनको यो खुबीको प्रशंशकलाइ यिनै कुराको लागि "मिस्टिका" पढ्छन र रमाउछन । रु ५०० मूल्य राखिएको यस किताबको मूल्यको बारेमा पनि बिभिन्न टिकाटिप्प्णी गरिएका थिएअ । सुमन मञ्जरी ले "मिस्टिका"को बारेमा लेखेकि छिन: "मिस्टिका"मा जम्मा पाँच मुख्य शिर्षक रहेका छन् । ती पाँच मुख्य शिर्षक भित्र तेइस उप शिर्षक आएका छन् । यी सबै उप शिर्षकहरू आफैमा छुट्टै आख्यान जस्ता लाग्छन् । तर पनि आन्तरिक रुपमा वा अप्रत्यक्ष रुपमा मसिनो गरी यी आख्यानहरू एक अर्कोसँग आपसमा जेलिएका छन् । आपसमा जेलिएका घटनाहरू, जेलिएका र रहस्यमयी पात्र र तिनका रहस्यमयी कार्य, विचार अनि सोही अन...