Skip to main content

Posts

Showing posts from July, 2015

नारायण ढकालको उपन्यास वृषभ वध को बारेमा टिप्पणी

नारायण ढकालको उपन्यास "वृषभ वध" बैशाख १२ मा आएको बिनासकारी भूकम्पका कारण विमोचन नै नगरिकन पुस्तकलाइ बजारमा बितरण शुरु गरिएको थियो । राजनीतिक उपन्यास लेख्ने  नारायण ढकालको यो उपन्यास "वृषभ वध" पनि राजनीतिक बिषयलाइ नै लिएर लेखिएको छ  । यो कथा करीब पचास वर्षअघि काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको हो । उपन्यासको केन्द्रमा एक किशोर, देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीय देखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफू अनुकुल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा वर्णन छ । राजनीतिक उपन्यास भए पनि "वृषभ वध" शैलिगत, संरचनागत हिसाबले पृथक छ ।  कथाकार, कवि अविनाश श्रेष्ठका अनुसार, ‘वृषभ वधमा नारायण ढकाल नयाँ अवतारका रुपमा आएका छन् ।’  यसअघि नारायण ढकालका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् ।  "वृषभ वध" को बारेमा संजिव पोखरेलको बिचार:  पूरा नपढेको पुस्तकको चर्चा गर्नु पनि जायज हुन्न भन्ने यहाँलाई

खैलौना - राजेन्द्र थापाको उपन्यास समीक्षा

नेपली मोडल स्मिता थापाको अन्तरबार्तामा "मलाई लोग्ने होइन लोग्ने मानिस चाहिन्छ" भन्ने अभिव्यक्ति पढे पछि पत्रकार र लेखक राजेन्द्र थापाले 'खैलौना' उपन्यास लेखेका हुन । यो उपन्यास मोडल स्मिता थापा को जिबनी मा नै आधारित बनाएर 'युवा बयस्क' बर्गलाइ भनेर लेखिएको राजेन्द्र थापा बताउछन् । गितकार तथा कबि राजेन्द्र थापा द्वारा लिखित उपन्यास 'खेलौना'ले स्मिता थापाको मोडल जीबनको उतारचडावलाइ सटिक ढङ्गले शब्दमा उतारेलो छ। यो पुस्तकको भूमिकामा जगदिश घिमिरेले यसलाई क्रान्तिकारि 'डकुमेन्टरी उपन्यास' भनेर नामाकरण गरेका छन। उनी लेख्छन्, "यो एक फरक धारको यौन बिषयक उपन्यास हो। बिश्वका सबै भाषामा यौन आख्यान लोकप्रिय छन। तिनको मूल लक्ष्य हल्का-फुल्का मनोरन्जन हो। तर यस उपन्यासको बिषय मनोरन्जन होइन, यस उपन्यासका बिषय हुन - नेपाली समाजमा यौन प्रतिको बदलिँदो दृष्टिकोण, मुल्य, मान्यता र अभ्यासमा भएका क्रान्तिकारि परिबर्तनहरु।" जगदिश घिमिरेले भनेको जस्तै 'खेलौना'ले नेपाली समाजको परम्परागत शैलीको यौन सोचाइलाई स्मिता पात्र र लेखक इन्द्र पात्र मार्फत पठ

जुकरबर्गको क्याफेमा एकैछिन

लेखिका - सुमन मञ्जरी भुकम्पका झड्काहरूले भूइँ कामेसँगै मन पनि हल्लिरहन्छ अचेल । बैशाख १२ र २९ पछिका लगातार कम्पनहरूले दैनिकी अस्तव्यस्त पारिरहेकै बेला अश्विनी कोइरालाको कथा सङ्ग्रह ‘जुकरबर्गको क्याफे’ बजारमा आयो रे भन्ने सुनेकी थिएँ । किताब ठ्याक्कै कुन दिनबाट बजारमा पठाइएको थियो त्यो जानकारी म सँग छैन।  मैले एक हप्ता अघि मात्र भोटाहिटीको किताब पसलमा देखे पछि किनेर ल्याएँ र किनेर ल्याएको यतिका दिन पछि मात्रै पढेँ । यतिका दिन पछि पढेँ भन्ने कुरा यसकारण महत्वपूर्ण छ कि सामान्यतः मैले जुनसुकै साहित्यिक कृति किनेर ल्याए पछि सोही दिन पढ्न थालेर आधा रात सम्मै भए पनि सक्नै पर्ने बानी थियो । यो भुकम्पले मानसिकतामा पारेको प्रभाव हो या म अल्छि भएर हो यसपाली 'जुकरबर्गको क्याफे' घर आइपुगेर पनि म सँग मुखामुख मात्रै गरेर बस्न सफल भएको थियो । भुकम्पका ससाना धक्काहरू पनि अब महशुस हुन छोडिसकेको यो बेलामा कसैले राती/बिहान/दिउँसको धक्का थाहा भयो त भनेर सोध्दा पनि, ‘ए ! हो र आएको थियो भूइँचालो मैले त थाहै पाइन’ भनी जवाफ दिन थालेको निकै दिन भइसकेको छ । आज बिहान ‘अब त भएन यो किताब पढ्नुपर्यो’ सोचे