नारायण ढकालको उपन्यास "वृषभ वध" बैशाख १२ मा आएको बिनासकारी भूकम्पका कारण विमोचन नै नगरिकन पुस्तकलाइ बजारमा बितरण शुरु गरिएको थियो । राजनीतिक उपन्यास लेख्ने नारायण ढकालको यो उपन्यास "वृषभ वध" पनि राजनीतिक बिषयलाइ नै लिएर लेखिएको छ । यो कथा करीब पचास वर्षअघि काठमाडौंको उत्तरपूर्वी गाउँमा घटेको हो । उपन्यासको केन्द्रमा एक किशोर, देवेन्द्र शर्मा र डढेसाँढेको मित्रता तथा सङ्घर्षको कथा छ । एउटा साँढेको कृत्यलाई लिएर कसरी स्थानीय देखि केन्द्रीय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफू अनुकुल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा वर्णन छ । राजनीतिक उपन्यास भए पनि "वृषभ वध" शैलिगत, संरचनागत हिसाबले पृथक छ । कथाकार, कवि अविनाश श्रेष्ठका अनुसार, ‘वृषभ वधमा नारायण ढकाल नयाँ अवतारका रुपमा आएका छन् ।’ यसअघि नारायण ढकालका तीन उपन्यास, पाँच कथा सङ्ग्रह, दुई बालकथा सङ्ग्रह, दुई निबन्ध सङ्ग्रह र दुई अनुवाद कृति प्रकाशित छन् । "वृषभ वध" को बारेमा संजिव पोखरेलको बिचार: पूरा नपढेको पुस्तकको चर्चा गर्नु पनि जायज हुन्न भन्ने यहाँलाई...