सञ्जीव पोखरेलले "करोडौँ कस्तूरी"को बारेमा आफ्नो ब्ल्गमा लेखेका कुरालाइ छोटकरीमा यहाँ उतारिएको छ: सञ्जीवले दुई वर्षअघि अमर न्यौपानेको "सेतो धरती" पढेका रहेछन् जसमा एक विधवा नारीको जीवनलाई स्थीर, उदास र मार्मिक ढङ्गमा वर्णन् गरिएको थियो । बहुतै अनुशासित प्रस्तुति रहेको सो उपन्यास्मा बाट उनल अमर न्यौपानेको लेखाइमा ठोस दिशा र दृष्टिकोण पाउन सकेका रहेनछन् । उनले अमर न्यौपानेको लेखाइ भन्दा पनि मदन पुरस्कार विजेता भएको ले "करोडौँ कस्तूरी" पढ्ने रहर गरेका रहेछन । "करोडौँ कस्तूरी" पढेर उनले 'छायाँ कथा' भनेको के हो भन्ने थाहा पए । आत्मकथाको शैलीमा लेखिएको यो उपन्यास र कलाकार हरिवंश आचार्यको जीवनीमा कुनै हिसाबमा आधारित आख्यान रहेछ - उनलाई 'पात्र-बिम्ब' बनाएर लेखिएको । उपन्यासको ढाडमा छापिएको सन्देशबाहेक अमरको उपन्यासलाई हरिवंशले कसरि लिए त्यो उनै जानुन् । भरखरै उनको आत्मकथा 'चिना हराएको मान्छे' पढेको भएर पनि होला मलाई भने उपन्यासको विषयवस्तु छनौट नविन लागेन -भलै करोडौँ कस्तूरीको कथा हरिवंशको आत्मवृत्तान्तभन्दा पृथक छ । ...