Skip to main content

Posts

Showing posts from 2013

हरिबंशको किताब चिना हराएको मान्छे

हरिबंशको किताब चिना हराएको मान्छे अब संसारभरी पढ्न पाइने भएको छ ! अर्को जन्ममा म देवता हुन्छु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु तिमीहरुको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु मेरो मन्दिर घुम्न लगाउँछु , भजन कीर्तन गर्न लगाउँछु मेरा खुट्टा ढोग्न लगाउँछु, खुट्टा पखाली जल खुवाउँछु धूप, दीप बाल्न लगाउँछु, दान दक्षिणा गर्न लगा उँछु यति धेरै चाकरी गराउँछु, वर दिनुको साटो बरबाद गराउँछु। अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु तिमीहरूको पनि म प्रेशर बढाउँछु, मुटु चलाउन यन्त्र बनाउँछु पाठेघरमा ट्यूमर रोप्छु, पित्तको थैलीमा ढुङ्गा ठोक्छु एक एक दिनको हिसाब गर्छु, मृगौलामा पनि रोग थप्छु हे देवताहरू हो ! अर्को जन्ममा म देवता हुन्छु, तिमीहरूलाई म मान्छे बनाउँछु।। - हरिवंश आचार्य

Sarubhakta's Pagal Basti in digital form

eBookbhandar.com has released the digital version of popular and Madan Puraskar winning novel 'Pagal Basti' More details in ebookbhandar ‘पागल–बस्ती’मा प्रेम र अहमको युद्ध सरुभक्तको उपन्यास ‘पागल–बस्ती’ प्रेम र अहम्को रणभूमि भनिदिए हुन्छ । उपन्यासभरि प्रेम र अहम्इतरका कथा, उपकथा, दर्शन, कथोपकथनहरु आइरहन्छन् । उपन्यासमा सिर्जित घटनाक्रमहरुले पाठकलाई त्राहीमाही पारिदिन्छ । वि.सं. २०३९ सालमा रचना आरम्भ गरेका सरुभक्तले करिब ६ वर्षपछि मात्र यो उपन्यास पूरा गर्न सके । नेपाली साहित्यमा पागल बस्ती नपढ्ने सायद कोही नहोलान् । यसको चर्चा अझै पनि चुलिदैछ । हरेक लेखक र पाठकका लागि पढ्न अपरिहार्य बनेको छ । पागल–बस्तीमा एउटा स्वतन्त्र पत्रकार जो काठमाण्डूबाट पोखरासम्मको यात्रामा निस्कन्छ । यात्राबाट फर्किएपछि ऊ यात्रा–संस्मरण लेख्ने दाउमा हुन्छ । यात्राको क्रममा उसको भेट मार्थासँग हुन्छ । मार्था कथित पागल–बस्त सभ्यताकी एकमात्र जिउँदी सबूत हुन्छिन् । सुरुमा त उसले पत्रकारलाई केही भन्न रुचाउँदिन तर पत्रकारले हरेक अनुनय–विनय गरेपछि उनी भन्न तत्पर हुन्छिन् । उनी एक सफल चित्रकार पनि हुन...