Skip to main content

Posts

Showing posts from March, 2013

Sarubhakta's Pagal Basti in digital form

eBookbhandar.com has released the digital version of popular and Madan Puraskar winning novel 'Pagal Basti' More details in ebookbhandar ‘पागल–बस्ती’मा प्रेम र अहमको युद्ध सरुभक्तको उपन्यास ‘पागल–बस्ती’ प्रेम र अहम्को रणभूमि भनिदिए हुन्छ । उपन्यासभरि प्रेम र अहम्इतरका कथा, उपकथा, दर्शन, कथोपकथनहरु आइरहन्छन् । उपन्यासमा सिर्जित घटनाक्रमहरुले पाठकलाई त्राहीमाही पारिदिन्छ । वि.सं. २०३९ सालमा रचना आरम्भ गरेका सरुभक्तले करिब ६ वर्षपछि मात्र यो उपन्यास पूरा गर्न सके । नेपाली साहित्यमा पागल बस्ती नपढ्ने सायद कोही नहोलान् । यसको चर्चा अझै पनि चुलिदैछ । हरेक लेखक र पाठकका लागि पढ्न अपरिहार्य बनेको छ । पागल–बस्तीमा एउटा स्वतन्त्र पत्रकार जो काठमाण्डूबाट पोखरासम्मको यात्रामा निस्कन्छ । यात्राबाट फर्किएपछि ऊ यात्रा–संस्मरण लेख्ने दाउमा हुन्छ । यात्राको क्रममा उसको भेट मार्थासँग हुन्छ । मार्था कथित पागल–बस्त सभ्यताकी एकमात्र जिउँदी सबूत हुन्छिन् । सुरुमा त उसले पत्रकारलाई केही भन्न रुचाउँदिन तर पत्रकारले हरेक अनुनय–विनय गरेपछि उनी भन्न तत्पर हुन्छिन् । उनी एक सफल चित्रकार पनि हुन