......रुपान्तरणको खोजीमा

सावधान ! तपाईको पर्दाफास हुँदैछ

सूचना प्रविधिको बढ्दो विकाससँगै यसका विकृतिहरु पनि बढिरहेका छन् । इन्टरसेवाले के केटाकेटी, के बुढाबुढी के युवायुवती सबैलाई लाभान्वित गराएको कुरा उल्लेख गर्नु नपर्ला । झन् आजकलका युवा पिढीहरुको त इन्टरनेट नशा नै बनेको छ भन्दा फरक नपर्ला । कतिपय वयस्कहरुका लागि इन्टरनेट अध्ययन र अनुसान्धानका लागि बरदान साबित भएको छ भने कतिपय युवायुवतिहरुका लागि मनोरञ्जनको पर्याप्त साधन भएको छ । इन्टरनेट सेवा हाम्रो जीवनको एक पाटो भएको छ भन्दा पनि फरक नपर्ला । म पनि पर्ढाईका धेरैजसो कुराहरु नबुझिएका खण्डमा अथवा कुनै जानकारी चाहिएमा इन्टरनेटको नै प्रयोग गर्ने गर्दछु ।

इन्टरनेटको बड्दो प्रयोगसँगै यसको विकृतिले क्रमशः हामीलाई गाँज्दै लगेको छ । इन्टरनेटको गलत प्रयोगबाट कैयन युवायुवतिहरुको भविष्य चौपट भएको बिभिन्न संचारमाध्यमहरुमा सुन्दै, पढ्दै आएका छौं । कम्प्यूटरमा सावा अक्षर(बेशिक कोर्स) सिक्दै गरेका युवायुवतिहरु तथा दिग्गज मानिएका व्यत्तित्वहरु क्रमशः यसका शिकार भएका छन् । बिभिन्न प्रकारका अश्लिल साइटहरु खोली अश्लिल फोटा तथा भिडियोहरु खोलेर हेर्ने, बिभिन्न अश्लिल कुरा तथा शब्दहरु प्रयोग गरेर च्याट गर्नु उनिहरुको दिनचर्या नै भएको छ ।


हाल आएर च्याट गरेर अनावश्यक समय व्यतित गर्ने युवायुवतिहरुको भविष्य संकटमय बनेको छ । कम्प्यूटरमा सावा अक्षर सिक्दै गरेका युवायुवतिहरु 'याहु म्यासेन्जर' र 'एमएसएन'बाट त्यस्ता प्रकारका गलत कार्यहरु गरिरहेका छन् । बिभिन्न प्रकारका व्यक्तिहरुसँग अश्लिल शब्द प्रयोग गरेर गफिनमा व्यक्त छन् उनिहरु । यता युवतिहरु भने 'वेबक्याम'कै माध्यमबाट नागिंने होडमा लागेका छन् अर्थात आफ्ना नग्न शरीरहरु सार्वजनिक गरिरहेका छन् ।


पश्चिमेली देशमा यौनजन्य कृयाकलापमा संलग्न या भनौं व्यवसायिक यौनकर्मीहरु क्रेडिट कार्डका माध्यमबाट आफ्ना नग्न शरीरहरु देखाउने, डेटिङ्ग समयावधि तोक्ने, बिवाह गर भन्ने जस्ता गलत कृयाकलापहरु गर्नमा व्यस्त छ । उनिहरु आफ्नो हक अधिकारका कुराहरु उठाई रहेका छन् । कुनै समयमा म पनि च्याटमा गफिने गर्दथें तर मेरो त्यस्तो विकृतिजन्य कृयाकलापहरुलाई बढावा दिनु थिएन । उनिहरुसँगको मेरो एक मात्र उद्वेश्य थियो मित्रता काम गर्ने अर्थात विदेशी मित्र बनाउने । म 'याहु म्यासेन्जर'को 'जोइन रुम'बाट फिलिपिन्समा छिरेको थिएँ । त्यहाँ मेरो 'अर्बोई स्याजिट्यान' नामगरेकी पौढ महिलासँग च्याट भयो । सुरुसुरुमा त राम्रै कुरा भएको थियो । उनको श्रीमानले उनलाई पारिवारिक असझदारीका कारण छोडेको रहेछ साथ १० वर्षिया छोरी रहिछिन् । उनी काम नपाएर भौतारिरहेकी रहिछिन् तर उनले एक्कासी क्रेडिट कार्ड मार्फत एकाउण्टमा पैसा जम्मा गरि दिए आफु नाङ्गिने प्रस्ताब राखेपछि मेरो कन्पारो तातिएर आयो । मैले त्यस पौढ महिलालाई सक्दो झपारे । त्यसदिनदेखि मेरो च्याट यात्राले पूर्णविरामै लियो । यो त लेखोटको एकमात्र दृष्टान्त हो । यो सँग जोडिएका कैयन विकृतिहरु हामीमाझ छर्लङ्ग भएका छन् ।


यस विषयमा नेपाल पनि अछुतो रहन सकेको छैन । सभ्य र शान्त हाम्रो देश नेपाल अहिले हामी आफैंलाई घिन लागिरहेको छ । घिनाउनु पर्ने कारण हाम्रो खराब आचरणमा छ । पहिले-पहिले निकै सभ्य र मित्रवत् मानिएको याहुमासेन्जर अर्न्तगतको हाम्रो 'नेपाल च्याट रुम' अहिले आएर छिरि सक्नु सक्नु छैन । बिभिन्न अश्लिल कुराहरु लेख्ने, अश्लिल वेबक्याम देखाउने, 'याहु कन्फिरेन्स'मा गएर अश्लिल गीतहरु गाउने दिनचर्या भएको यहाँका युवायुवतिहरुको ।

मेरा एकजना घनिष्ट मित्र थिए । उनि जहिल्यै च्याटका लागि साइबर क्याफेहरु धाउने गर्दथें । उनले एकदिन आफ्नो क्याबिनको एक प्वाँलबाट अर्को क्याबिनको प्वाँलमा चियाउँदा नदेख्नुसम्म देखेछन् । अन्दाजी १६/१७ वर्षी एक युवती वेबक्याममार्फ आफ्नो विदेशी पुरुष मित्रलाई आफ्नो शरीर सार्बजनिक गर्दै रहिछिन् । कस्तो पत्याउँनै नसक्ने कुरा ? के नेपालका युवतिहरु त्यस्तो नीच कार्यहरु गर्लान् त ? 'रोमान्टिक गफ' र झूटो प्रेम आश्वसनमा नागिंनु कहाँसम्मको कुरा ? तपाई आफैं मूल्याकंन गर्नुहोस् । यतिखेर मलाई एक साहित्यकारले लेखेका वाक्यांश याद आउँछ, "नारी शरीर उनिहरुको जीवनको लालपुर्जा हो । जुन दिन त्यो प्रदर्शित हुन्छ त्यसको स्वामित्व समाप्त हुन्छ ।"


यस्ता कार्यहरुमा युवाहरु पनि पछाडि परेका छैनन् । झण्डै २/४ महिनाअघिको कुरा हो फ्लोरिडास्थित वेस्टपविचमा रहेर साइन्स पढ्दै गरेका २२ वषिर्य नेपाली विद्यार्थी १३ वषिर्या बालिकासँग 'याहु मासेन्जर'मार्फत रोमान्समा पसेर फुल गुच्छा, चकलेट क्रिम र परिवार नियोजनको साधन(कण्डम) लिएर भेट्न जाँदा रङ्गेहात प्रहरीको फन्दामा परे । यो बलियो प्रमाण अझै हामीसँग ताजै छ


रहलमा, यो खसखस इन्टरनेट सेवाको प्रयोग गरेर खोज अनुसन्धान र अध्ययन गर्नेहरुका लागि होइन तर त्यससँग जोडिएका गलत प्रवृतिमा लगेकाहरुलाई हो । हरेक कुराहरुका राम्रा र नराम्रा दुई पक्षहरु हुन्छन् । हामीले नराम्रा कुराहरुलाई त्यागेर राम्रो कुराहरुको अनुशरण गर्नुपर्छ । तपाईहरुले सोच्ने बेला आएको छ । आखिर म के गर्दैछु ? सूचना प्रविधिको लागि सुलभ र सरल बनेको इन्टरनेट सेवालाई सहि तरिकाले उपयोग गर्न सक्यो भने त राम्रै हो तर यस्तै समय कटाउने क्रममा रोमान्समा प्रयोग गर्ने हो भने तपाईले आफ्नो भविष्य त बिर्गानु भयो भयो आफ्ना छोराछोरीले राम्रो गर्लान् भनेर सोचेका तपाईका अभिभावकहरुमाथि ठूलो बज्रपात गराउनु हुनेछ ।


सर्थ तपाई जानीनजानी त्यस्ता गलत कार्यमा लाग्नु भएको छ भने एकपल्ट सोच्नुहोस् । विना चिनजानका व्यक्तिहरुसँग घण्टौं समय बिताउनुहुन्छ भने त्यो समयको बर्बादमात्र होइन तपाईको भविष्यको समेत बर्बादी हो । कसैको मीठो कुरामा लठि्ठएर उनिहरुलाई विश्वास गर्नु हुन्छ भने तपाईको त्यो मुर्खता हो । 'अकबरी सुनलाई कसी लगाउनु पर्दैन' भनेझैँ राम्रा मान्छेसँग मित्रता कायम गर्न कठिन मोल्नु पर्दैन । कुनै पनि मित्रले तपाईको नाङ्गो शरीर हेर्न र देखाउन भन्दैन । असल आचरण भएको मान्छे सधैं असल हुन्छ भन्ने तपाईलाई थाहै होला । आश छ यो खसखसले तपाईको मनस्थितिलाई परिवर्तन गर्नेछ आगे तपाईको विचार ।

8 Comments:

शर्मिला खड्का (दाहाल) said...

राजेश भाइ तपाईको यो टाँसो एकदमै गहन लाग्यो ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

कहिले काही यस्तो काम गरेको पनि फाइदा नै हुदो रहेछ, नत्र कसरी जम्मा हुन्थे यस्ता दृष्टान्तहरु, हैन त राजेश जी? :D यसरी इन्टरनेटको दुरुपयोग सम्बन्धमा सोधखोज गरेर निकै खँदिलो लेख बनाउनु भएछ, जो जससँग सम्बन्धित छन ती भाइ बैनाले बुझुन ।

wordflows said...

यस्तो कुरामा आफै सचेत हुनुपर्छ। हाम्रो देशमा technology को सही उपयोग हुन सकिराखेको छैन

pralad said...

निकै राम्रो कुरा छ ok keep it up broo

Jotare Dhaiba said...

निकै जागरणमूलक सामग्री लेख्‍नुभयो राजेश जीले । कुनै पनि कुराको असल र खराब पाटो हुन्छ, त्यसलाई कसरी उपयोग गरिँदैछ भन्ने कुरामा लाभ, हानि लुकेको हुन्छ । इन्टरनेटको जालो पनि त्यस्तै हो । अश्लीलताकै कुरालाई छेउ लगाएर हेर्ने हो भने पनि च्याट लगायतका कुरालाई सदुपयोगभन्दा पनि लती बनेर बकवासमा दुरुपयोग गर्ने जमात बढ्दैछन् । चाँडै बुझून्, तिनकै भलो हुनेछ ।

cheeju said...

लेख निक्कै नै समय सान्दर्भिक छ । बिज्ञान तथा प्रबिधिको प्रगती यो शताब्दिको बरदान हो,मलाई चाही प्रबिधी को भरपुर उपयोग गर्नुपर्छ भन्ने लाग्छ है ? तर सही वा गलत बाटो भने आफैले पहिल्याउन सक्नु नै बुद्धिमानी ठहर्छ । धन्यबाद राजेश जी

दूर्जेय चेतना said...

मलाई पनि एक दुई पटक यस्तो परेको छ। ईन्टरनेटमा जाल हानेर बसेको हुदा रहेछन्। गतिलो प्रसंग उठान गर्नु भयो।

_khAttAm_ said...

यहाँले राम्रो कुरो निकल्नु भयो । यस्तोमा ढेरै जसो अहिले का बाल बालिका हरु फस्ने गरेको मैले पाएको छु । अझ यस कारणले राम्रेइ कारण को लागि ईन्टरनेट चलाऊन खोज्ने बाल बालिका लाई पनि अभिववक ले चलाऊन नदिने गरेको पनि मैले पएक छु !

Post a Comment

तपाईको ब्लग आईडी छैन भने यो विधि अपनाउनुहोला
१.पहिले कमेण्ट बक्स अथवा टेक्स बक्समा आफ्नो प्रतिक्रिया टाइप गर्नुहोस् । यसमा तपाई नेपाली भाषामा पनि लेख्न सक्नु हुनेछ ।
२. दोश्रो Name/URL मा क्लिक गरी नाम र युआरएल भए लेखी PUBLISH YOUR COMMENTमा क्लि गर्नुहोस् तपाईको प्रतिक्रिया प्रकाशन हुनेछ ।
viroable@yahoo.com, newz.of.rajesh@gmail.com, blogs.rajesh@gmail.com

नेपाली युनिकोडमा प्रतिक्रिया लेख्न यहाँ क्लिक गर्नुहोस् ।

Related Posts with Thumbnails